•  १० मंसिर २०८१, सोमबार
  •  9:29:46 PM

धरान उपमहानगरको मेयर र उपमेयर दुवै पदमा गठबन्धनको अग्रता

- जेष्ठ २, २०७९ मा प्रकाशित



इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी छ ।

हालसम्म १० हजार १ सय ४८ मत भइसक्दा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका किशोर राईले ३ हजार ३ सय २२ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेबाट उम्मेदवार रहेकी मञ्जु भण्डारीले पछ्याइरहेकी छन् भने स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङले २ हजार २ सय ९५ मत पु¥याएका छन् ।

यसैगरी उपमेयरतर्फ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ३ हजार ५ सय ९१ मत प्राप्त गरी अग्रता लिएका छन् । एमालेका पदम लिम्बुले ३ हजार मत प्राप्त गरेका छन् ।

Comments

सम्बन्धित खवर