अरुण गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको जित
- जेष्ठ २, २०७९ मा प्रकाशित
इटहरीः भोजपुरको अरूण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसले जित निकालेको छ ।
कांग्रेसका शालिकराम खत्री दुई हजार आठ सय ८७ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद घिमिरेले दुई हजार ४ सय २४ मत ल्याए ।
यसैगरी अध्यक्ष पदका लागि नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार रहेका डिल्लीराम अधिकारीले एक हजार ८ सय २७ मत प्राप्त गरे ।
उक्त गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाटै विनीता ढकालले जित हासिल गरिन् । उनले ३ हजार मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उमेदवार कविता राईले दुई हजार ५ सय ४४ मत ल्याइन् ।
नेकपा (एकीकृत समाजवादी)का उमेदवार होमबहादुर श्रेष्ठले भने एक हजार ९० मत प्राप्त गरे ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments