•  १० मंसिर २०८१, सोमबार
  •  9:18:31 PM

इटहरी २० का सबै जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित

- जेष्ठ २, २०७९ मा प्रकाशित



इटहरीः इटहरी उपमहानगरपालिका वडा नं. २० मा नेपाली कांग्रेसले सबै पदमा जित निकालेको छ ।

सो वडाको वडाध्यक्षमा कांग्रेसका मणिराम श्रेष्ठ २,४०६ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालय इटहरीले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार राईले १,५५८ मत प्राप्त गरे ।

यस्तै, महिला सदस्यमा धर्मा गिरीले २,१२६ मत प्राप्त गर्दै विजयी भएकी छन् । यस्तै, दलित महिला सदस्यमा कुमारी बिकले २,२४१ मत प्राप्त गरेकी छन् ।

उता, खुल्ला सदस्यमा तनुज गुरुङ (सुरेश) ले १,९२८ मत प्राप्त गर्दै विजयी भएका छन् भने खुल्ला सदस्यमा बहादुर तामाङले २,१६८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

नेकपा एमालेबाट महिला सदस्य कल्पना खड्का चौहाले १,७७१ मत प्राप्त गरिन् । यस्तै, दलित महिला सदस्यमा खड्कुमारी बिकले १,७२५ मत प्राप्त गरिन् ।

खुल्ला सदस्यमा रवीन्द्र भट्टराईले १,७५५ मत प्राप्त गरे भने खुल्ला सदस्य शान्तिबहादुर घिमिरेले १,६०४ मत प्राप्त गरी जित सुरक्षित गरे ।

Comments

सम्बन्धित खवर