विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता
- जेष्ठ २, २०७९ मा प्रकाशित
इटहरीः मोरङको विराटनगर महानगरपालिकामा मेयर पदमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
मेयरका प्रत्यासी नेपाली कांग्रेसका नागेश कोइराला चार हजार नौ सय ९६ मतका साथ अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार सागर थापा तीन हजार पाँच सय १८ मतका साथ कोइरालालाई पछ्याइरहेका छन् । उनीहरुबीच एक हजार चार सय ७८ मतको अन्तर छ । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले १६१९ र राप्रपाका प्रल्हाद साहको ७७९ मत पाएका छन् ।
यता, उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्की तीन हजार नौ सय ९६ मतका साथ अग्रस्थानमा रहेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अमरेन्द्र यादव दुई हजार नौ सय ३३ मतका साथ कार्कीलाई पछ्याइरहेका छन् । उनीहरुबीच एक हजार ६६ मतको अन्तर छ । उपमेयरका अन्य उम्मेदवार राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले नौ सय ६५ र स्वतन्त्रबाट नमिता न्यौपानेले नौ सय ०५ मत प्राप्त गरेका छन् । मतगणना अझै जारी छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments