धरानमा ५६०७ मतगणना हुँदा गठबन्धनका किशोर राईलाई अग्रता
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी रहँदा धरानमा हालसम्म पाँच हजार ६ सय सात मत गणना भइसकेको छ ।
जसबाट नेपाली कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका किशोर राई दुई हजार आठ सय ४९ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ एक हजार नौ सय ९३ मतका साथ उनलाई पछ्याइरहेका छन् । निवर्तमान उपमेयरसमेत रहेकी नेकपा एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) एक हजार चार सय ३६ मतका साथ तेस्रो स्थानम रहेकी छन् ।
यस्तै, उपमेयरतर्फ गठबन्धनका आइन्द्रविक्रम बेघा दुई हजार नौ सय ७९ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका पदम इस्वो (लिम्बू) ले एक हजार आठ सय ६१ मतका साथ बेघालाई पछ्याइरहेको निर्वाचन कार्यालय धरानले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments