रामधुनी नगरपालिका १ मा दुई हजार मत गनिसक्दा एमालेको अग्रता
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको रामधुनी नगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केहीबेरअघि प्राप्त जानकारीअनुसार वडा नम्बर १ को दुई हजार मतको गणना सम्पन्न भएको छ ।
जसमध्ये मेयर पदमा आठ सय ९२ मतसहित नेकपा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली नेपाली कांग्रेसका उम्मेदवारले सात सय ६२ मत प्राप्त गरेका छन् । यसैगरी, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार सात सय ९२ मतसहित अग्रस्थानमा रहँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६ सय ७४ मत प्राप्त गरेका छन् ।
यसैगरी, सो वडाको वडाध्यक्ष पदमा उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार सात सय १० मतका साथ अग्रस्थानमा रहँदा नेकपा एमालेका उम्मेदवार ६ सय ३४ मतसहित उनलाई पछ्याइरहेका छन् ।
यसैगरी, महिला सदस्य पदकी नेपाली कांग्रेसकी उम्मेदवार सात सय ६८ मतका साथ अग्रस्थानमा रहँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवारले ६ सय ७६ मत ल्याई पछ्याइरहेकी छन् । यसैगरी, दलित महिला सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार आठ सय आठ मतका साथ अग्रस्थानमा रहँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार ६ सय ९१ मतका साथ दोस्रो स्थानमा रहेकी छन् ।
यसैगरी, पहिलो खुला सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सात सय ३४ मतका साथ अग्रस्थानमा रहँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले सात सय २९ मत ल्याएका छन् । यसैगरी, दोस्रो खुला सदस्यमा पनि कांग्रेसकै अग्रता कायम छ । कांग्रेस उम्मेदवारले सात सय ७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले सात सय ३३ मत ल्याएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments