दुई दिन सार्वजनिक बिदा दिने निर्णय आजदेखि कार्यान्वयनमा
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णय आजदेखि कार्यान्वयनमा आएको छ ।
मन्त्रिपरिषदको बैठकले गत वैशाख १३ गते गरेको निर्णयअनुसार आजबाट देशभर शनिबार र आइतबार सार्वजनिक बिदा दिन सुरु गरिएको हो ।
सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो । दुई दिन सार्वजनिक बिदा दिइने भएपछि अन्य दिन कार्यालय खुल्ने समय भने बढाइएको छ । आजदेखि कार्यालयहरु बिहान ९ः३० देखि साँझ ५ः३० सम्म खुल्ला रहनेछन् । शैक्षिक सँस्थाहरुमा दिइने अन्य बिदा कटौति गरेर सार्वजनिक बिदा भने दुई दिन नै दिइने व्यवस्था मिलाइएको छ ।
देशमा आर्थिक संकट चुलिएको विभिन्न सूचकाङ्कहरुले देखाएपछि त्यसलाई न्यूनीकरण गर्न पेट्रोलियम पदार्थको खपत कम गर्ने उपायस्वरुप दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments