इटहरी अपडेट ९ घण्टामा १३०० मत गनीयाे : मेयरमा गठबन्धन , उपमेयरमा एमालेकाे अग्रता
- बैशाख ३१, २०७९ मा प्रकाशित
इटहरी । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन अन्तरगत बिभिन्न जिल्लाहरूमा मतगणना सुरू भइ धमाधम नतिजाहरू सार्वजनिक भइरहेकाे बेला सुनसरीकाे इटहरी उपमहानगरमा भने ९ घण्टामा १३०० मत मात्र गनिएकाे छ ।
छिमेकि उपमहानगर धरानमा ६ घण्टामा २४ सय मत गनिसक्दा इटहरी उपमहानगरमा भने अहिले सम्म १३०० मत मात्रै गनिएकाे छ । बिहान ११ बजेदेखि सुरू गर्ने भनिएपनि १ बजे देखि सुरू भएकाे मतगणना रातकाे १० बजिसक्दा पनि तिब्रता पाएकाे छैन ।
अहिले इटहरीकाे १ , २० र २ नं वडाकाे मत गणना हुदैछ । पछिल्लाे मत परिणाम अनुसार १३०० मत गनिसक्दा इटटहरीमा गठबन्धनबाट मेयरकाे उम्मेद्वारी दिएका नेपाली कांग्रेस नगर सभापति हेमकर्ण पाैडेलले अग्रता कायमै राखेका छन भने एमालेबाट मेयरमा उम्मेद्वारी दिएका यामकुमार सुब्बा पछि पछि रहेका छन ।
कांग्रेसका पाैडेलले ६६८ मत प्राप्त गगर्दा उनका प्रतिद्वन्दि एमालेका सुब्बाले ४४६ मत पाएर पछि गरिरहेका छन ।त्यस्तै यस अघिकाे मत परिणाम सार्वजनिक भइरहदा मेयर र उपमेयर दुवैमा अग्रता लिएकाे गठबन्धन पछिल्लाे मत परिणणामले उपमेयरलाइ पछाडी पार्दै एमालेले अग्रता सुरू गरेकाे छ ।
इटहरीकाे २० नं वडाकाे मत गणनाकाे प्रारम्भिक नतिजाले उपमेयरमा गठबन्धनका केशव बिस्ट अग्रस्थानमा थिए तर पछिल्लाे मत परिणामले गठबन्धनबाट उपमेयरका उम्मेद्वार बिस्टलाइ पछि पार्दै एमालेकि संगिता चाैधरीले अग्रता कायम गरेकि छिन ।
पछिल्लाे मत परिणाम अनुसार गठवन्धन अन्तरगत नेकपा एसबाट उपमेयरका उम्मेद्वार बिस्टले ६६ज्ञ मत ल्याइरहदा एमालेकि संगिताले ६७८ मत प्राप्त गर्दै अग्रता लिन सुरू गरेकि छिन । अहिले इटहरी उपमहानगरकाे वडा नं १, २ , १९ र २० काे मतगणना भइरहेकाे छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments