•  १० मंसिर २०८१, सोमबार
  •  7:23:42 PM

झडपमा परी घाइते भएका माओवादी कार्यकर्ताको मृत्यु

- बैशाख ३१, २०७९ मा प्रकाशित



इटहरीः सोलुखुम्बुको सोताङ गाउँपालिकामा हिजो सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मतदानका क्रममा झडप भई घाइते भएका एक जनाको मृत्यु भएको छ ।

सोताङ वडा नम्बर ३ मा भोट खसाल्न आएकी दमकी विरामी वृद्धा महिलाको मतदानलगत्तै मृत्यु भएपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो ।

शुक्रबार साँझ भएको घटनामा घाइते भएका माओवादी केन्द्रका कार्यकर्ता ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

घटनामा संलग्न तीन जना कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

Comments

सम्बन्धित खवर