बाराको पचरौतामा एमाले र जसपा कार्यकर्ताबीच झडप
- बैशाख ३०, २०७९ मा प्रकाशित
इटहरीः बाराको पचरौता नगरपालिका–२ स्थित मतदान केन्द्रमा नेकपा एमाले र जसपा कार्यकर्ताबीच झडप भएको छ ।
बरगाछी र लक्ष्मीपुरको मतदान केन्द्रबाहिर झडप भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलीपसिंह देउवाका अनुसार झडपका कारण अवस्था तनावग्रस्त बनेपछि प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ ।
जिल्लाकै देवताल गाउँपालिका–७ मा पनि मतदानका क्रममा पनि झडप भएको भई १ जनाको टाउको फुटेको एसपी देउवाले जानकारी दिए । त्यस्तै सिम्रौनगढ नगरपालिका–२ बैरियामा पनि झडप भएको छ । झडपपछि यी केन्द्रहरूमा मतदान रोकिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments