इटहरी सहित ७ पालिकामा राती ८ बजेदेखि निषेध आदेश
- बैशाख २९, २०७९ मा प्रकाशित
इटहरी । आसन्न स्थानिय तहको निर्वाचनलाइ मध्यनजर गर्दै जिल्ला प्रसाशनको कार्यालय सुनसरीले इटहरी सहित ७ गाउपालिकामा आज ९बिहीबार० राती ८ बजेदेखि शुक्रबार बिहान ५ बजे सम्म मानिसहरूको आवत जावतमा रोक लगाउन आदेश गरेको छ ।
भोली ९शुक्रबार० हुने स्थानिय निर्वाचनको सुरक्षा संवेदनलाइ ध्यानमा राख्दै प्रसाशनले यस्तो आदेश जारी गरेको हो । प्रसाशन कार्यालयले इटहरी वडा नं ३ सहित भोक्राहा नरसिंह गाउँपालिका कोशी गाउँपालिका हरिनगरा गाउँपालिका देवानगन्ज गाउँपालिकामा अति आवस्यकिय काम बाहेक घरबाट ननिस्कन आदेश जारी गरेको हो ।
त्यसैगरी दुहवी नगरपालिकाको वडा नम्बर १, ८ र ९ र इनरुवा नगरपालिकाको वडा नम्बर ३, ९ र १० मा पनि सोहि आदेश जारी भएको जिल्ला प्रसाशन कार्यालय सुनसरीले जनाएको छ । प्रसाशनले व्यक्तिगत तथा सामुहिक रुपमा बाहिर निस्कँदा सुरक्षा निकायसँगको सम्वन्वय गरेर मात्रै निस्कन सुझाव दिएको छ ।
निर्वाचनको सुरक्षा संवेदनसिलता संगै निर्वाचन आचारसहितालाइ पनि मध्यनजर गर्दै जिल्लाको केहि स्थानिय तहहरूमा यो निषेधको आदेश जारि गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments