स्थानीयबाट लखेटिएका गाउँपालिका अध्यक्षका उम्मेदवार सशस्त्र प्रहरीको नियन्त्रणमा
- बैशाख २९, २०७९ मा प्रकाशित
इलामः इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सन्दकपुर– ५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयले लखेटेका थिए ।
एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार राईसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्की समेत मौन अवधिमा प्रचार–प्रसारको काममा लागेका थिए । स्थानीयलले लखेटेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले दुवैलाई नियन्त्रणमा लिएकोे हो ।
जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।
मौन अवधिमा राईले मतदातालाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् । -रासस
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments