मौन अवधिसँगै सीमानाका ७२ घण्टाका लागि बन्द हुँदै
- बैशाख २७, २०७९ मा प्रकाशित
इटहरीः वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मौन अवधिसँगै भारतसँग सीमा जोडिएका जिल्लाहरुका सीमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ । निर्वाचनको मौन अवधि आज मध्यराति १२ः०० बजेदेखि सुरु हुँदैछ ।
सीमावर्ती जिल्लाका सीमानाकाहरु पनि सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालको आदेशमा सोही समयदेखि बन्द हुने भएको हो । नाका बन्द हुनेसम्बन्धी सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले जारी गरिसकेका छन् । बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, सप्तरीलगायत भारतसँग जोडिएको सीमानाका आज रातिदेखि बन्द हुनेछन् । ७२ घण्टाको अवधिसम्म दुवै देशका सीमावर्ती क्षेत्रमा मदिराजन्य वस्तुको कारोबार तथा सेवनमा समेत प्रतिबन्ध लगाइएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments