•  १० मंसिर २०८१, सोमबार
  •  6:35:38 PM

निर्वाचनविरोधी गतिविधि गर्नेलाई गृह मन्त्रालयले कारबाही गर्ने

- बैशाख २७, २०७९ मा प्रकाशित



इटहरीः वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचनका क्रममा निर्वाचनको स्वच्छतालाई प्रभावित पार्ने गतिविधि गर्नेलाई गृह मन्त्रालयले कारबाही गर्ने भएको छ ।

गोप्य मतदानको अधिकार प्रयोग गर्नबाट मतदातालाई बञ्चित गर्ने, मतदातालाई डर, त्रास वा प्रलोभन देखाउनेजस्ता गैरकानूनी गतिविधि गर्ने व्यक्ति वा समूहलाई मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गरी केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको जनाएको छ ।

Comments

सम्बन्धित खवर