•  १० मंसिर २०८१, सोमबार
  •  6:03:22 PM

सामाजिक सञ्जालबाट चुनावी पोस्ट हटाउन निर्वाचन आयोगको नर्देशन

- बैशाख २७, २०७९ मा प्रकाशित



इटहरीः स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि आज मध्यराति १२ः०० बजेबाट सुरु हुँदैछ । मौन अवधिलाई मध्यनजर गर्दै निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित पोस्ट निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसारका लागि निर्वाचनमा सहभागी दलहरुले फेसबुक, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जालहरुमा आफ्ना उम्मेदवारको पक्षमा मतदातालाई आकर्षित गर्न पर्चा, पम्प्लेट, चुनावी सभाका फोटोजस्ता सामग्री राखेर पोस्ट गर्ने गर्दछन् । निर्वाचन आचारसहिंताअनुसार मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि सबै किसिमका प्रचारप्रसारका गतिविधि बन्द गर्नुपर्ने व्यवस्था छ ।

“उमेदवार र उनीहरूका फ्यानहरूका फेसबुक, ट्विटर, टिकटकलगायत पेजहरूमा स्पोन्सर पोस्ट हुन सक्ने भएकोले सबै उमेदवार तथा फ्यानहरूलाई मौन अवधि सुरु हुनुअगाडि सामाजिक सञ्जालका त्यस्ता पेजमा भएका निर्वाचन आचारसंहिताविपरीतका चित्रहरू÷पोस्टहरू हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन र सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ,” आयोगको सूचनामा भनिएको छ ।

Comments

सम्बन्धित खवर