•  १० मंसिर २०८१, सोमबार
  •  4:28:26 PM

भोजपुरमा वडा सदस्यकी उम्मेदवारमाथि खुकुरी प्रहार

- बैशाख २५, २०७९ मा प्रकाशित



इटहरीः भोजपुरमा स्थानीय तह निर्वाचनमा वडा सदस्य पदको उम्मेदवार बनेकी महिलामाथि अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार भएको छ ।

जिल्लाको षडानन्द नगरपालिका १० की वडा सदस्य उम्मेदवार अमिता तामाङमाथि खुकुरी प्रहार भएको हो । नकावधारी अज्ञात व्यक्तिले गएराति १०ः०० बजे तामाङमाथि खुकुरी प्रहार गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार खुकुरी प्रहारबाट घाइते भएकी उम्मेदवार तामाङको अवस्था सामान्य रहेको छ । घटनामा संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर