•  १० मंसिर २०८१, सोमबार
  •  10:36:35 AM

एमाले भोजपुरले गर्यो स्वतन्त्र उम्मेदवारी दिने दुई जनालाई कारवाही

- बैशाख २०, २०७९ मा प्रकाशित



इटहरीः नेकपा एमाले भोजपुरले पार्टीको विधानविपरित स्थानीय तह निर्वाचनमा विद्रोही उम्मेदवारी दिने दुई उम्मेदवारलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ ।

कारबाहीमा पर्नेहरुमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुुर नगर वडा कमिटी १२ टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठ रहेको नेकपा एमाले भोजपुरले जनाएको छ । उम्मेदवारी मनोनयन गर्ने क्रममा पार्टीको निर्णयविपरित स्वतन्त्र उम्मेदवारी दिने दुवे उम्मेदवारलाई पार्टीको विद्यानको धारा ८० को ६ बमोजिम आजकै मितिबाट लागु हुनेगरी साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको पार्टीका जिल्ला अध्यक्ष शरणकुमार राईले जानकारी दिए ।

Comments

सम्बन्धित खवर