धरानको १३ नम्बर वडालाई लालकिल्ला बनाउन एमालेको कसरत सुरु
- बैशाख १९, २०७९ मा प्रकाशित
धरानः आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेले घर दैलो अभियान सुरुवात गरेको छ ।
नेकपा एमाले धरान १३ नं. वडा कमिटिले आजदेखी चुनाबी घर दैलो अभियान सुरु गरेको हो । कोलेनी मार्गस्थित पार्टी कार्यलयबाट सुरु भएको चुनाबी घर दैलो अभियान जिरो पोइन्ट, जानकी चोक, देबी मार्ग, भृकुटी मार्ग, लक्ष्मी चोक, कृषि बजारहुँदै अमरहाट चोकमा पुगेर टुङगीएको नेकपा एमाले चुनाब प्रचार प्रसार समिति धरान १३ नं. वडा कमिटिका सचिब विष्णु चौलागाईले जनाए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यधिक मतका साथ विजयी बनेका नेत्र प्रसाद काफ्ले यस पटक पनि वडाध्यक्षका उमेद्वार बनेका छन् । काफ्लेसंगै उमेद्वारहरु महिला सदस्य सुन्दरी श्रेष्ठ, दलित महिला सदस्य उर्मिला परियार, खुल्ला सदस्यद्वय सन्तोष राई र तारा तामाङ गोले चुनाबी मैदानमा छन् ।
घर दैलो अभियानका क्रममा मतदाताहरुले निवर्तमान वडाध्यक्ष काफ्लेको कामको प्रशंसा गदै फेरी भोट खसाल्न आतुर रहेको बताएको चौलागाइले बताए । उनको जित सुनिश्चित रहेको समेत मतदाताहरुले बताएको उनले बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments