धरानमा जसपालाई गठबन्धनमा फर्काउन कस्सिए तीन दल
- बैशाख १९, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीलाई गठबन्धनमा फर्काउने कसरत सुरु भएको छ ।
गठबन्धनमा आबद्ध अन्य दलहरुले आफूहरुलाई सम्मानजनक स्थान नदिएको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको थियो । एकाएक संघीय निर्णयअनुसार स्थानीय तहमा पनि एकता कायम गर्न भन्दै गठबन्धनमा आबद्ध सबै दलहरु जसपालाई फर्काउन जुर्मुराएका हुन् । गठबन्धनमा आबद्ध हुनकै लागि जसपाले मेयर तथा उपमेयरसहित अन्य पदका लागि उम्मेदवारी दर्ता गराएका आफ्ना उम्मेदवारहरुलाई घरदैलो कार्यक्रममा नपठाएको जनता समाजवादी पार्टी धरानका अध्यक्ष तथा मेयरका उम्मेदवार ताजुब लिम्बूले बताए ।
आज पनि गठबन्धन गर्ने बारेमा छलफल जारी रहेको बताउँदै लिम्बूले आज पनि सहमति भएन भने जनता समाजवादी पार्टीले धरान ११ बाट मेयर उपमेयरसहित घरदैलो कार्यक्रम थाल्ने बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
-
ताजा मंसिर १०, २०८१कञ्चनपुरकाे लालझाडीमा जङ्गली हात्तीको आतंक
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
Comments