एमालेले स्वाहा बनाएको नगरलाई अब कांग्रेसले आँहा बनाउछ : पौडेल
- बैशाख १८, २०७९ मा प्रकाशित
इटहरी । अघिल्लो निर्वाचनबाट बिजयी बनेका इटहरीका जनप्रतिनिधिहरूले जनताको भावना अनुसार काम गर्न नसकेको कारण नगरभित्र सोचे जस्तो बिकाशका कामहरू हुन नसकेको आसन्न निर्वाचनमा कांग्रेसबाट मेयर पदका उम्मेद्वार हेमकर्ण पौडेलले बताए ।
अघिल्लो नेतृत्वलाइ काम गर्ने अवसर मिलेपनि गर्न नसकेको बताउदै एक पटक गठबन्धनलाइ साथ दिन उनले अनुरोध गरे । इटहरी ५ मा नेपाली कांग्रेसको घरदैलो अभियानलाइ सम्बोधन गर्दै मेयरका उम्मेद्वार पौडेलले यस्तो बताएका हुन ।
बिगत ३२ वर्ष देखि इटहरीमा नेकपा एमालेले नेतृत्व गरेपनि सोचे जस्तो र नगरवासिले अनुभव गर्नेगरी कुनै ठोस काम गर्न नसकेकोले इटहरी हारेको मेयरका उम्मेद्वार पौडेलको भनाइ छ । लोकतन्त्र बचाउन र मुलुकलाइ समृद्धि बनाउन स्थापित गठबन्धनलाइ एक पटक अवसर दिन उम्मेद्वार पौडेलले आग्रह गरे ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments