सिट भागबण्डामा कांग्रेस हावी, काठमाडौं महानगरसहित चार उपमहानगर पार्यो पोल्टामा
- बैशाख ८, २०७९ मा प्रकाशित
इटहरी । लामो रस्साकस्सप्पछि सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याएको छ । बुधबार बसेको बैठकले ६ महानगर र ११ उपमहानगरको टुङ्गो लगाएको हो ।
जसअनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पाएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ले भरतपुर महानगर, नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको मेयर पाएको छ ।
त्यसैगरी उपप्रमुखतर्फ काठमाडौं एकीकृत समाजवादी, कांग्रेसले वीरगञ्ज, भक्तपुर र पोखरा, माओवादीले ललितपुर र विराटनगरको उपमेयर जसपाले पाएको छ । उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, तुलसीपुरगढी, नेपालगञ्ज धनगढीको नेतृत्व लिने सहमति भएको छ । त्यस्तै माओवादीले जितपुर-सिमरा र घोराही गरी दुई उपमहानगरको नेतृत्व लिने सहमति भएको छ ।
एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको नेतृत्व लिने सहमति भएको छ । त्यस्तै जसपाले जनकपुर उपमहागर पाएको छ । देशभरिका ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको प्रमुख-उपप्रमुख भागबन्डामा सत्तारुढ मुख्य घटक नेपाली कांग्रेस हाबी देखिएको छ । ०७४ को चुनावमा दुईवटा मात्रै महानगरपालिकाको नेतृत्व गरेको कांग्रेसले गठबन्धनको भागबण्डामा काठमाडौंसहित तीनवटा महानगरपालिकामा मेयरको टिकट आफ्नो पोल्टामा पारेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments