गठबन्धनको निर्णय नमान्ने कांग्रेस नेता-कार्यकर्तालाई कारबाही गरिन्छ : गृहमन्त्री खाँण
- बैशाख ८, २०७९ मा प्रकाशित
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन दलको निणर्य नमान्ने नेता-कार्यकर्तालाई कारबाही गरिने बताएका छन् ।
गृह जिल्ला रुपन्देहीको तिलोत्तमामा रहेको आफ्नै निवासमा आज बुधवार आयोजित पत्रकार भेटघाटमा उनले चुनावमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताए ।
गृहमन्त्री खाँणले भने, ‘अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्वपूर्ण होइन, कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा ठाउँमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निणर्य गर्छ, त्यसको पालना गर्नुपर्छ ।’
कार्यक्रममा उनले नागरिकका अधिकार सशक्त बनाउन पालिका चुनाव महत्वपूणर् भएको बताए । नागरिकको नजिकको सरकार भएकाले पालिका चुनाव शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।गृहमन्त्री खाँणले पहिले पालिका चुनाव विभिन्न चरणमा हुने गरे पनि अहिले एकै दिन गर्न लागिएकाले सुरक्षा चुनौती हुनसक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments