गठबन्धनले ६ महानगरमा उपप्रमुख टुङ्गो लगायाे, कुन पार्टीलाई कहाँ ?
- बैशाख ७, २०७९ मा प्रकाशित
काठमाडौं । पाँच दलीय गठबन्धनले ६ वटै महानगरपालिकाको उपप्रमुख पनि टुङ्गो लगाएको छ । मंगलबार बसेको शीर्ष नेतासहितको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति बैठकले ६ वटै महानगरपालिकाको उपप्रमुखको टुङ्गो लगाएको हो ।
सहमति अनुसार नेपाली कांग्रेसले बीरगञ्ज, चितवनको भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पाएको छ । यस्तै माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ । नेकपा (एकीकृत समाजवादी) ले काठमाडौं र जनता समाजवादी पार्टी (जसपा) ले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ ।
मंगलबार बसेको बैठकले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि उपप्रमुखको पनि टुंगो लागेको हो । सोमबार बसेको गठबन्धनसहितको शीर्ष नेताहरुको बैठकले भरतपुर माओवादी केन्द्रलाई, ललितपुर, काठमाडौं र विराटनगर कांग्रेसलाई र वीरगञ्ज महानगर जसपालाई दिने सहमति गरेको थियो । पोखरामा कांग्रेस र एकीकृत समाजवादीको दाबी भए पनि अन्तिममा कांग्रेस उपप्रमुख लिएर पछि हटेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
-
ताजा मंसिर १०, २०८१कञ्चनपुरकाे लालझाडीमा जङ्गली हात्तीको आतंक
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
Comments