काममा फर्किएका गभर्नर अधिकारीले भने, ‘आग्रह-पूर्वाग्रह राखेर काम गर्दिनँ’
- बैशाख ७, २०७९ मा प्रकाशित
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । सर्वोच्च अदालतबाट मंगलबार पुनर्बहाली भएका अधिकारी बुधबार बिहान साढे ११ बजे राष्ट्र बैंक कार्यालय गएर पुनः काम थालेका हुन् ।
राष्ट्र बैंकमा पुनर्बहाली गर्दै गभर्नर अधिकारीले सर्वोच्चको फैसला व्यक्तिको लागि भन्दा पनि समग्र प्रणालीको लागि भएको बताएका छन् । अर्थमन्त्रीसँग काम गर्न कत्तिको सहज हुनेछ ? भन्ने प्रश्नमा उनले आग्रह-पूर्वाग्रह राखेर काम नगर्ने स्पष्ट पारे । ‘हामी व्यक्ति भन्दा पनि संस्था नै हौं । नेपाल राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय संस्था हो । आग्रह-पूर्वाग्रह राखेर काम हुँदैन । त्यसमा सतर्क हुनेछौं’, उनले भने ।
राष्ट्र बैंकका कर्मचारीहरूले गभर्नरलाई स्वागत गर्न सामान्य कार्यक्रम राखेका थिए । गएको चैत २४ गते अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा गभर्नर अधिकारीमाथि छानबिन गर्न भन्दै मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गरेको थियो । उक्त समिति गठनसँगै स्वतः निलम्बनमा परेका अधिकारी सरकारको निणर्यविरुद्ध वैशाख ४ गते सर्वोच्च गएका थिए ।
सर्वोच्चले उनीमाथि तत्काल कुनै कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले गएको चैत २४ गतेको मन्त्रिपरिषद्को निणर्य र २५ गतेको सरकारको पत्र तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै दुवै पक्षलाई यही वैशाख १३ गते सर्वोच्च बोलाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
-
ताजा मंसिर १०, २०८१कञ्चनपुरकाे लालझाडीमा जङ्गली हात्तीको आतंक
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
Comments