•  १० मंसिर २०८१, सोमबार
  •  10:32:23 AM

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखभित्र उजुरी दिन सकिने

- बैशाख ४, २०७९ मा प्रकाशित



काठमाडौं: संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिकाे निर्णय अनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएकाे हाे । 

१२ वैशाखभित्र उजुरी दिन आह्वान गरिएकाे छ । त्यसपछि संसदीय सुनुवाइ हुनेछ । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।

२४ चैतको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ पश्चात राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर