कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै
- बैशाख २, २०७९ मा प्रकाशित
काठमाडाैं: नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिकाे बैठक आज शुक्रबार बस्दैछ । स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेकाे हाे ।
बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काकाे संयाेजकत्वमा समिति गठन गरेकाे थियाे । समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन् ।
कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेकाे छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
-
ताजा मंसिर १०, २०८१कञ्चनपुरकाे लालझाडीमा जङ्गली हात्तीको आतंक
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
Comments