सवारी दुर्घटनामा २ जनाको मृत्यु
- चैत्र २०, २०७८ मा प्रकाशित
इटहरीः सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा हिजो दिउँसो को ३१ प ५३९६ नम्बरको मोटरसाकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका स्थानीय २३ वर्षीय अमृत बि.क.को उपचारको क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी झापाको गौरादह नगरपालिका–१ मा हिजो बेलुका पानी बोक्ने ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गौरादहको भित्रि सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे २ प ३९१२ नम्बरको मोटरसाइकल सडकमा बिग्रिएर रोकी राखेको को १ ख २४७९ नम्बरको पानी बोक्ने ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीय ३६ वर्षीय राम सोरेनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments