बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
- चैत्र ८, २०७८ मा प्रकाशित
इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरीनगरा गाउँपालिका–१ का ३६ वर्षीय शम्सेर आलम रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आलमलाई उच्च अदालत मोरङको २०७५ फाल्गुन २७ गते भएको बैंकिङ कसुर मुद्दा अन्तर्गत फैसला अनुसार ३ महिना कैद र ७१ लाख ९० हजार रुपैंया जरीवाना तोकेपछि उनी फरार रहेका थिए ।
आलमलाई पक्राउ गरी हिजो अदालतमा उपस्थित गराउँदा जरिवाना बापतको रकम व्यहोर्न नसकी अदालतको आदेशअनुसार थुनामा राख्न झुम्का कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१An Olympics Picture Draws Scorn Do It Really Parody The Last An Evening Meal? The New You Are Able To Times
-
ताजा मंसिर ९, २०८१An Olympics Picture Draws Scorn Do It Really Parody The Last An Evening Meal? The New You Are Able To Times
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
Comments