•  ३ आश्विन २०८१, बिहीबार
  •  4:04:01 AM

प्रदेश १ सरकारद्वारा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?

- माघ २३, २०७८ मा प्रकाशित



इटहरीः प्रदेश १ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ ।

सत्ता गठबन्धन टिकाउने कसरतस्वरुप सात ओटा मन्त्रालयलाई विभाजन गरी १३ ओटा बनाएका मुख्यमन्त्री राजेन्द्र राईले थपिएका मन्त्रालयहरुमा भागबन्डाअनुसार मन्त्री नियुक्त गरेका हुन् ।

यससँगै प्रदेशको मन्त्रिपरिषद् एक राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ । स्वास्थ्य मन्त्रीमा जयराम यादव, खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राई नियुक्त भएका छन् ।

यस्तै राजन राई सामाजिक विकास मन्त्री, खिनुलङवा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री भएकी छन् ।

झलकबहादुर मगर कृषि मन्त्री भए भने शेखरचन्द्र थापा वन वातावरण तथा भू–संरक्षण मन्त्री भएका छन् ।

यस्तै ओमप्रकाश सरावागी उद्योग, श्रम तथा रोजगार मन्त्री र प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका हुन् ।

मुख्यमन्त्री राईले उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्री र विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
राई नेतृत्वको मन्त्रिपरिषदमा ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री छन्। उनी यसअघि देखि नै मन्त्री थिए ।

हिमाल कार्की सडक पूर्वाधार तथा सहरी विकास मन्त्री भएका छन् भने केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन्। उनीहरू पनि यसअघि नै मन्त्री भइसकेका थिए ।

कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले प्रभावकारी कार्यसम्पादन गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

Comments

सम्बन्धित खवर