•  १९ मंसिर २०८१, बुधबार
  •  12:37:43 AM

एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा संखुवासभाका बिदुर लिङ्थेप

- मंसिर १७, २०८१ मा प्रकाशित



बिराटनगर । संखुवासभाबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य बिदुर लिङ्थेप नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक नियुक्ति हुनुभएको छ । नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज उहाँलाई नियुक्त गर्नुभएको हो ।

संचेतक लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादि नगरपालिकाको मेयर हुनुहुन्थ्यो । बिद्यार्थी राजनीतिबाट उहाँ सक्रिय राजनीतिमा आउनुभएको हो। प्रमुख संचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि खाली भएको संचेतकमा मुख्य मन्त्री कार्कीले उहाँलाई नियुक्त गर्नुभएको हो ।

Comments

सम्बन्धित खवर