हिजो घटेको सुनको मूल्यमा आज थप गिरावट, चाँदी पनि सस्तियो
- मंसिर १७, २०८१ मा प्रकाशित
इटहरी । आज पनि सुनचाँदीकै मूल्यमा थप गिरावट आएको छ। आइतबार घटेको सुनचाँदीकै मूल्य आज फेरि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको छ। सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ घटेको हो।आइतबार सुनको मूल्य एक लाख ५० हजार पाँचसय रुपैयाँ थियो।
अघिल्लो साताको सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय र अघिल्लो साताको मंगलबार दुई हजार ६ सय रुपैयाँ घटेको थियो।आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य एक हजार ८ सय ४० थियो।
सरकारले भन्सारदर घटाएपछि गत साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
सम्बन्धित खवर
-
ताजा मंसिर २०, २०८१Lawsuit Filed Over Measure Given The Green Light By Arkansas Arrêters That Revoked Planned Casino’s Licens
-
ताजा मंसिर २०, २०८१7 Most Successful Different Roulette Games Strategies A Complete Guid
-
ताजा मंसिर २०, २०८१Gambling Inside Singapore Wikipedi
-
ताजा मंसिर २०, २०८१No Down Payment Bonus Casino Usa 2024 Keep Just What You Win
-
ताजा मंसिर १९, २०८१Vulkan Vegas Promo Code Dezember 2024: Bis über 1000 Bonus
Comments