पूर्व राज्यमन्त्री पदम राईको निधन
- मंसिर ९, २०८१ मा प्रकाशित
इटहरी ।नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित उनको उपचारका क्रममा आज (शनिबार) राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले जनाएका छन् ।
भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राई हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । राई २०६३ को अन्तरिम व्यवस्थापिकामा माओवादीबाट विधायक भएपछि भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका थिए । राज्यमन्त्रीकै हैसियतमा उनी पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष चुनाव जितेका थिए ।
राई तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्यतिर लागेका थिए । वैद्यको पार्टी फुटेपछि उनी नेत्रविक्रम चन्द ‘विप्लव’ तिर गएका थिए । पछि फेरि उनी माओवादीमा फर्किएका थिए । उनको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय भइनसकेको सुदन किरातीले बताएका छन् ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राईको निधनले दुःखित बनाएको बताएका छन् । ‘पारकिन्सन रोगबाट थलिनु भएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री पदम राईको निधनले दुःखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रचण्डले फेसबुकमार्फत भनेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments