बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै , के छन एजेन्डा
- मंसिर ३, २०८१ मा प्रकाशित
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार बैठकले नियमित पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारलगायतका विषयमा आवश्यक निर्णय गर्नेछ । उनको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो ।
सभामुख देवराज घिमिरेले आइतबार साँझ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलाई टेलिफोन गरी पूर्व सभामुख ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । पारिवारिक स्रोतका अनुसार स्वर्गीय ढुंगानाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी छ । त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित सानो गौचरणमा राखिनेछ। उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
लोकतान्त्रिक राजनीतिका अथक अभियन्ता ढुंगानाको संविधान निर्माण, लोकतन्त्र र शान्ति स्थापनामा महत्वपूर्ण भूमिका छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि विद्यार्थीहरू आन्दोलनमा लागेका थिए । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमाथि लगाइएका मुद्दामा ढुंगानाले बहस पैरवी गरेका थिए ।
३० वर्षको उमेरमा नेपाल बार एशोसिएसनको महासचिव भएका ढुंगाना झण्डै दुई दशक वकालत पेसामा संलग्न थिए । २०२८ सालमा नेपाल बार एशोसिएसनको महासचिव भएका थिए । पञ्चायतकालमा विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिक यात्रा गरेका ढुंगानाले ०४६ सालको जनआन्दोलनको बेला कांग्रेसका प्रवक्ता थिए ।
०४७ साल कात्तिक २३ गते जारी भएको संविधानको मस्यौदा गर्न गठित आयोगमा रहेर ढुंगानाले योगदान गरेका थिए । ०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भएका ढुंगाना सभामुख भएका थिए । उनी ०५१ सालसम्म सभामुख भएका थिए । ०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन् । ०७४ सालमा भक्तपुर जिल्ला क्षेत्र नं २ बाट चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा पराजय भएसँग राजनीतिमा निस्क्रिय देखिएका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments