राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
- कार्तिक १६, २०८१ मा प्रकाशित
रौतहट । रौतहटको पश्चिम उत्तरी भेग फतुवा विजयपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । फतुवा विजयपुर–११ बुट्वा राङि गाउँमा आज (शुक्रबार) बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा वर्ष ७० कि पातली तामाङको मृत्यु भएको हो ।
हात्तीले मृतकको घरमा पूर्णरूपमा क्षति पुर्याएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन् । जङ्गली हात्तीले एक्कासी घर माथि आक्रमण गर्दा मृतकको श्रीमान भागेर ज्यान बचाएका थिए ।
हात्तीले एउटा अर्को घरमा पनि क्षति पुर्याएको इन्स्पेक्टर अधिकारीले जानकारी दिए । हाल नेपाल प्रहरी, डिवीजन वन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प विजयपुरको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments