पाकिस्तानलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा उक्लियो बंगलादेश
- भाद्र १९, २०८१ मा प्रकाशित
एजेन्सी । बंगलादेशले टेष्ट सिरिजमा पाकिस्तानलाई २–० ले पराजित गरेको छ । यसपछि बंगलादेश विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा पुगेको छ । विश्व टेस्ट च्याम्पियनसिपमा हाल पहिलो नम्बरमा भारत, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा न्यूजिल्याण्ड रहेको छ ।
शीर्ष स्थानमा रहेको भारत ६८.५२ प्रतिशत अंकसहित शीर्ष स्थानमा छ अस्ट्रेलियाको ६२.५ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै न्यूजील्याण्ड ५० प्रतिशतसहित तेस्रो र बंगलादेश ४५. ८३ प्रतिशतसहित चौथो स्थानमा रहेको छ ।
बंगलादेशले पाकिस्तानलाई २ खेलको सिरिजमा २–० ले पराजित गरेको थियो । पहिलो टेस्ट १० विकेटले जितेको बंगलादेशले दोस्रो टेस्ट ६ विकेटले जितेको थियो । यस सूचीमा पाकिस्तान १९.०५ प्रतिशतसहित आठौँ स्थानमा रहेको छ । टेस्ट क्रिकेटको इतिहासमा पाकिस्तान पहिलो पटक बंगलादेशसँग हारेको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments