•  ६ मंसिर २०८१, बिहीबार
  •  2:33:22 PM

काेराेना र मंकीपक्समा फरक के छ ? यस्ताे छ चिकित्सककाे सुझाव

- भाद्र ८, २०८१ मा प्रकाशित



एजेन्सी । जब विश्व स्वास्थ्य एम पक्स (मंकीपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्‍यो, तब विश्वभर एउटा प्रश्न सोधियो । के मंकीपक्स नयाँ कोरोना हो ? वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको जवाफ छ–होइन, त्यस्तो होइन । तर यसको विषयमा आम मानिसको चिन्ता भने जायज छ ।

डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) युरोपका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले भने, ‘एमपोक्स नयाँ कोरोना होइन । आम जनताको लागि जोखिम कम छ । हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने थाहा छ,’ उनी भन्छन् । कोरोना र एमपोक्स दुवै रोग भाइरसबाट हुने गर्दछ । तर दुवैको लक्षण एकदमै फरक छ र फैलाउने तरिका पनि फरक छ । दुई रोगमा समानता भन्दा धेरै भिन्नता छन् ।

मंकीपक्स नयाँ भाइरस होइन

मंकीपक्स कोरोना जस्तो नयाँ भाइरस होइन । मंकीपक्स १९५८ देखि अवस्थित छ। यो भाइरस पहिलो पटक डेनमार्कमा बाँदरमा भेटिएको थियो । यो भाइरसबाट मानिसमा पहिलो पटक सन् १९७० मा संक्रमण देखिएको थियो, त्यो ठाउँ डिआर कंगो थियो । त्यसपछि यो भाइरस पश्चिम र मध्य अफ्रिकामा धेरै पटक फैलिएको छ । मंकीपक्स सम्बन्धी विश्वव्यापी स्वास्थ्य आपतकाल पहिलो पटक २०२२ मा घोषणा गरिएको थियो । यो भाइरस हालसम्म ७० देशमा फैलिसकेको छ ।

यसबाहेक सन् २०१९ मा चीनको वुहानमा कोरोनाको पहिलो केस देखिएको थियो । चाँडै यो विश्वव्यापी महामारी बन्यो । वैज्ञानिकहरू भन्छन्, ‘दुवै भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । तर अब हामी कोरोना भन्दा एमपक्स बारे धेरै जान्दछौं ।’

एमपक्स संक्रामक छैन

एमपक्स कोरोना जस्तो संक्रामक छैन । दुवै रोग नजिकको सम्पर्कबाट सर्ने भए पनि हावाबाट हुने भएकाले कोरोना बढी छिटो फैलिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, गाउने वा व्यक्तिसँग बस्दा पनि कोरोना सर्न सक्छ ।

तर एमपक्स तब फैलिन्छ, जब कोही संक्रमित व्यक्तिको धेरै नजिक आउँछ । उदाहरणका लागि, तपाईंले संक्रमित बिरामीको छाला छुनु, शारीरिक सम्बन्ध राख्ने, संक्रमित व्यक्तिको ओछ्यानमा सुत्ने वा उसको लुगा प्रयोग गर्ने गरेमा संक्रमण हुन्छ । एमपोक्स भाइरस लामो समयसम्म आमनेसामने कुरा गर्दा पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । ज्वरो, रुघाखोकी, घाँटी दुख्ने कोरोनाका मुख्य लक्षण हुन् । एमपक्सका लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने, घाँटी सुन्निने, दागहरू हुनु रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मे २०२२ देखि हालसम्म विश्वभर करिब एक लाख एमपीओएक्सका घटनाहरू दर्ता भएका छन् । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले करिब १८ हजार ९१० मामिलाहरू रेकर्ड गरिएको र ६०० भन्दा बढी मानिसको मृत्यु भएको बताएको छ ।

खोप उपलब्ध छ

एमपक्स खोप पहिले नै उपलब्ध छ । कोरोनाको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती भ्याक्सिन बनाउनुपर्‍यो, त्यसपछि परीक्षण गर्नुपर्छ, त्यसपछि स्वीकृत हुने र त्यसपछि मात्रै कोरोनालाई नियन्त्रण गर्न सकिने थियो । तर एमपक्स विरुद्धको खोप पहिले नै उपलब्ध छ । एमपक्स बिफर जस्तै हो । भ्याक्सिनमार्फत यसको सामना गर्ने व्यवस्था सन् १९८० मा गरिएको थियो । बिफरसँग व्यवहार गर्ने उही खोपहरूले २०२२ मा एमपक्स फैलिएपछि व्यापकरुपमा प्रयोग गरिएको थियो ।

यस खोपले शतप्रतिशत सुरक्षा प्रदान गर्दैन । २०२२ मा जब यो रोग युरोप र उत्तर अमेरिकामा फैलियो, वृद्धहरूमा जोखिम कम थियो । स्मरपक्स भ्याक्सिनमा आधारित एमपक्स खोपलाई एमभीये० बिएन भ्याक्सिन भनिन्छ । २०२२ मा, खोप निर्माण कम्पनी बाभारियन नोर्डिकले १.५ करोडभन्दा बढी खोप डोज आपूर्ति गरेको थियो । यो खोप ७६ देशमा पठाइएको थियो ।

कोरोना जति छिटो रूप परिवर्तन गर्दैन

भाइरस समयसंगै परिवर्तन हुन्छ । तर कतिपय भाइरसहरूले आफ्नो रूप चाँडै परिवर्तन गर्छन् । जस्तै– कोरोना । तर एमपस्क त्यस्तो होइन । एमप्क्स डिएनए भाइरसको कारणले हुन्छ । तर कोरोना आरएनए भाइरसको कारणले हुन्छ । अमेरिकन सोसाइटी अफ माइक्रोबायोलोजीका अनुसार, डीएनए भाइरसहरू आरएनए भाइरसहरू जत्तिकै चाँडो रूप परिवर्तन गर्दैनन् । एमपक्सको दुई प्रकार वा रूपहरू छन् – क्लाड–१ र क्लाड –२ ।

सार्स– कोभ २ भाइरसका २० भन्दा बढी क्लेडहरू हुन्छन् । हाल, एमपक्स संक्रमण क्लेड १ भाइरस मार्फत फैलिरहेको छ, जसलाई क्लेड १ बी पनि भनिन्छ । अक्सफोर्ड युनिभर्सिटीका ग्लोबल हेल्थ रिसर्चका प्रोफेसर ट्रुडी ल्याङ भन्छन्, ‘हामीले क्लेड १बीसँग के देखिरहेका छौँ कि धेरैजसो अवस्थामा यो शारीरिक सम्पर्कबाट फैलिएको छ । तर यो व्यक्ति–व्यक्ति सम्पर्कबाट पनि फैलिरहेको छ ।

लकडाउन वा खोप लिन कुनै बाध्यता छैन

धेरैको मनमा डर थियो कि जब एमपक्सलाई विश्वव्यापी रोग घोषणा गरियो र आपतकालिन घोषणा गरियो, तब अवस्था २०२० को जस्तो हुनेछ । जब विश्वभर लकडाउन लगाइएको थियो र सीमामा प्रतिबन्ध लगाइएको थियो । कति जनाले आफ्नो जागिर गुमाएका थिए र अवस्था कठिन भएको थियो । तर अहिलेसम्म एमपस्कमा यस्तो अवस्था छैन ।

पछिल्लो दुई वर्षमा, एमप्क्स अफ्रिकाका १६ देशहरूमा फैलिएको छ । तर अफ्रिका सीडीसीले कुनै पनि सीमा बन्द गर्ने वा तालाबन्दी लगाउने बारेमा कुरा गरेन । अफ्रिका सीडीसीका महानिर्देशक डा. जीन कासियाका अनुसार मानिसको आवतजावतमा प्रतिबन्ध लगाउने वा सामानको आवतजावतमा रोक लगाउनु पर्ने आधारमा हाल कुनै प्रमाण छैन । एमपक्स सामान्यतया एक अपेक्षाकृत हल्का भाइरस हो र मानिसहरू दुई देखि चार हप्तामा निको हुन्छन् । तर, कतिपयको अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ ।

Comments

सम्बन्धित खवर