श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
- बैशाख १९, २०८१ मा प्रकाशित
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चोधरीबीच पार्टी सञ्चालनबारे भएको सहमति चार दिनमै भत्केको छ । गत शनिबार पार्टी चलाउने र सरकारमा सहभागी हुनेबारे दुईबीच काठमाडौंमा सहमति भएको दाबी गरिएको थियो ।
सो सहमतिपछि दुवै जनाले सामाजिक सञ्जालमा आफूहरूको राजनीतिक र पारिवारिक सम्बन्ध ठीकठाक रहेको सन्देश प्रवाह गर्न खोजेका थिए । तर, उक्त दिन भएको भनिएको सहमति चार दिनमै भङ्ग भएपछि रेशम विक्षिप्त बनेका छन् । सामाजिक सञ्जालमा उनले मंगलबार राति २० मिनेटको फरकमा लगातार सात वटा स्टाटस लेखेका छन् । जसमा उनले सुदूरपश्चिम र लुम्बिनी सरकारबाट फिर्ता हुने सहमति भङ्ग भएको र अब आफू यहाँभन्दा धेरै बेचिन तयार नरहेको आशय व्यक्त गरेका छन् ।
उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई जता फाइदा हुन्छ उतै लाग्न आग्रह पनि गरेका छन् । नाउपाकी प्रदेशसभा सदस्य टीका थापाले मंगलबार मात्रै सुदूरपश्चिम सरकारमा मन्त्रीको शपथ लिएकी थिइन् । तर, रेशमले भने नाउपा कुनै पनि सरकारमा सहभागी हुन नसक्ने स्पष्ट पारेका छन् । फेसबुक स्टाटसमा उनले सम्बन्ध सबै समाप्त भएको घोषणा पनि गरेका छन् । उनले आफूले भने पहिचानको आन्दोलन छोड्न नसक्ने बताएका छन् ।
सम्बन्धित खवर
-
ताजा भाद्र २२, २०८१पल शाह भन्छन : काठमाडाैंमा घर बनाउने सपना थीयाे तर एउटै मुद्धाले सबै सपना चकनाचुर बनाइदियाे
-
ताजा भाद्र २२, २०८१इजरायली सेनाको गोलीबाट २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु
-
ताजा भाद्र २२, २०८१सुनिता विलियम्सलाई अन्तरिक्षमै छाडेर पृथ्वीमा फर्कियो स्टारलाइनर
-
ताजा भाद्र २२, २०८१राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुको योगदान प्रशंसायोग्य : प्रधानमन्त्री
-
ताजा भाद्र २२, २०८१चेपाङ समुदायले आज आज छोनाम मनाउँदै, यी तीन जिल्लामा सार्वजनिक बिदा
Comments