एक साताभित्र सम्पर्कमा नआए २४ प्रहरीलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी
- माघ १०, २०८० मा प्रकाशित
इटहरी । लामो समयदेखि सम्पर्कविहीन भएका २४ प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजीर हुन प्रहरी प्रधान कार्यालय, नक्सालले निर्देश गरेको छ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै एक महिनाभन्दा बढी समयदेखि गैरहाजीर रहेका तीन जना असईसहित २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देश गरेको हो।
प्रहरी महनिरीक्षकको सचिवालयका अनुसार नेपाल प्रहरीका ३ जना प्रहरी सहायक निरीक्षक (असई), २ जना प्रहरी सहायक हबलदार र बाँकी प्रहरी जवान गरी २४ जना प्रहरी एक महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजीर बसेका छन्।
उनीहरुलाई खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सूचना जारी गरिएको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ।अबको सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई प्रहरी नियमावली अनुसार सेवाबाट हटाइने चेतावनीसमेत प्रधान कार्यालयले दिएको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments