माया घरकाे साताै वार्षिक साधरणसभा सम्पन्न : एक इट्टा अभियानमा जुट्न सबैलाई आग्रह
- मंसिर ७, २०८० मा प्रकाशित
इटहरी । प्रदेश एकलाई मात्र नभई सिङ्गो मुलुकलाई सडक मानवमुक्त बनाउने अभियानमा दौडिएको र अशक्त ,असहाय ब्याक्तिहरूलाइ सहारा दिँदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले बिहीबार ७ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न सभामा कोषाध्यक्ष लक्ष्मी बरालले आव ७९,८०को आर्थिक प्रतिवेदन सुनाएकी थिइन ।
उक्त प्रतिवेदन अनुसार संस्थाले २ वर्ष अघि आयोजना गरेको श्रीमद्भागवत ज्ञान महायज्ञबाट सङ्कलित र अन्य गरी २२ लाख , २७ हजार ,५८६ रूपैया अक्षयकोषमा रहेको छ । माया घरमा अाश्रीतहरूकालागि भवन निर्माणार्थ गत वर्ष देखि सञ्चालन भएको एक ब्यक्ती एक इट्टा अभियान अन्तरगत अहिले सम्म ४ लाख ६१ हजार २५० रूपैया जम्मा भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।
भवन निर्माण अन्तरगत प्रदेश सरकारबाट १ कराेड रकम विनियोजन भइसकेको र भवन निर्माण सम्पन्न गर्न कुल ६ करोड बढी रकम जुटाउनु पर्ने हुँदा एक ब्यक्ती एक इट्टा अभियानबाट सङ्कलन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै कार्यक्रममा अध्यक्ष सुभद्रा प्याकुरेलले वार्षिक प्रगति विवरण पेस गर्नुभएको थियो । प्रतिवेदन अनुसार माया घर नेपालको लोगो हुबहु प्रयोग गरी बर्दिबासमा हाम्रो माया घर सञ्चालन गरेको र तत्काल नाम र लोगो सच्याउन त्यहाँका सम्बन्धित ब्याक्तीहरूलाइ अनुरोध गरिसकेको बताइएको छ ।
माया घर सञ्चालन गर्दा थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको र सफलता हात पार्दै संस्थालाई यहाँ सम्म ल्याउन सफल सहयोगी हातहरू , दाताहरू र स्थानीय सरकारका प्रमुख, उपप्रमुख ,सामाजिक सङ्घ संस्था लगायत सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो । इटहरीस्थित सुकल्प सामुदायिक भवनमा सम्पन्न साधारण सभामा चर्चित नाट्यकार भरत गुरागाईँले (वर्वरिक)ले मृत्यु हाेस त यस्तो बोलको गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि सङ्घीय सांसद कल्पना चौधरीले सरकारबाट हुनुपर्ने काम निजी क्षेत्रबाट भइरहेकोले संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना सहित आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरू प्रदेश सांसद मिना श्रेष्ठ , इटहरी उपमहानगरपालिकाका उप प्रमुख सङ्गीता कुमारी चौधरी , उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली ,इटहरी २ का वडा अध्यक्ष माधव कोइराला , इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख टेकबहादुर कार्की लगायतले आ-आफ्नो तर्फबाट सके सम्मको सहयोग गर्नु प्रतिबद्धता जनाए ।
एक इट्टा अभियानमा जुट्न अनुरोध
दाताहरूको सहययाेगकै भरमा सञ्चालित माया घर नेपालले साधारण सभाकै अवसरमा भवन निर्माणार्थ एक इट्टा अभियान बारे चर्चा गरिएको थियो । सो अभियानमा जुट्न सबै दाता तथा देश विदेशमा रहेका नेपालीहरूमा अपिल समेत गरिएको छ । विभिन्न कारण वश सडकमा कस्टकर जीवन बिताउन बाध्य बनेकाहरूलाई उद्धार गरी संरक्षण गर्दै आएको माया घरकाे भव निर्माणार्थ एक ब्यक्ती एक इट्टाबाट ७९,८०मा ४ लाख ६१ हजार २५० रूपैया जम्मा भएको जनाइएको छ ।
यस संस्थाले आर्थिक वर्षमा करिब ९ सय जनाको पुरस्थापना तथा समन्वय गरिएको छ ।
माया घर नेपालमा अहिले ११५ जनाले आश्रय लिँदै आएका छन् जसमा ज्येष्ठ नागरिक ७५ जना ,बालिका १४ जना ,अपाङ्ग १३ जना , युवा २६ जना, विद्यालय पढ्न जाने ९ जना रहेका छन् ।
सडक मानवहरूको स्थायित्वपूर्ण पारिवारिक पुनर्मिलन समाजमा रहेका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक भेदभावहरू र असमानताको अन्त्य गरी लोकतान्त्रिक, न्यायपूर्ण र सुशासित समाजको निर्माण गर्दै नागरिकको आत्मसम्मानका साथ बाच्न पाउने अधिकारपूर्ण समाजको स्थापना नै संस्थाको लक्ष हुने संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेले बताउनु भयो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments