•  १६ कार्तिक २०८१, शुक्रबार
  •  11:11:38 AM

सुनसरीकाे सुविधा ग्यासलाई २ लाख जरिवाना

- मंसिर ५, २०८० मा प्रकाशित



इटहरी । सुनसरीकाे दुहबीबाट उत्पादन हुदै अाएकाे मारुती ग्यास उद्योग (सुविधा ग्याँस)लाई प्रसाशनकाे राेहबरमा इनरूवा नगरपालिकाले  रू २ लाख जरिवाना तिराएकाे छ ।

गत अशाेज २५ गते इनरूवा नगरपालिकाबाट बजार अनुगमन हुदा कम ताैल भएकाे सुविधा ग्यास सिलिन्डर बरामद भएकाे थियाे । उपप्रमुख विनीताकुमारी मेहताको नेतृत्वको अनुगमन टोलीले उक्त सिलिन्डर बरामद गरेकाे थियाे । अनुगमनमा कम ताैलकाे ग्यास सिलिन्डर फेला पारेपछि कम्पनी तथा उद्याेगलाई जरिवाना तिर्न नगरले पत्रचार गरे अनुरूप् रू २ लाख जरिवाना तिराइएकाे हाे ।

Comments

सम्बन्धित खवर