माइतीघरमा टिकटकरको प्रदर्शन, सर्वोच्चमा सुनुवाइ
- मंसिर ४, २०८० मा प्रकाशित
काठमाडौँ । सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा आइतबार राजधानीको माइतीघर मण्डलामा टिकटकरले प्रदर्शन गरेका छन् । उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ रु।।।लगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका छन् ।
टिकटकरहरुले प्रदर्शन गर्दै गर्दा सोमबार नै सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ पनि हुँदै छ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा कुमार चुडालको इजलासमा तोकिएको छ । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments