जाजरकोट भूकम्पः १४३ जनाको शव संकलन
- कार्तिक १८, २०८० मा प्रकाशित
जाजरकोट । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १ सय ४३ पुगेको प्रहरीले पुष्टि गरेको छ।प्रहरी प्रधान कार्यालयका अनुसार, जाजरकोटमा १ सय ५ जनाको शव फेला परेको छ भने रुकुम पश्चिममा ३८ जनाको शव संकलन गर्न सम्भव भएको छ।यस्तै जाजरकोटमा ८१ रुकुम पश्चिममा ८५ गरी १ सय ६६ जना घाइते भएका छन्।
भूकम्पले भत्किएका संरचनाभित्र पुरिएकाहरूको खोजबिन र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको छ।
घाइतेको अवस्था हेरी स्थानीय स्वास्थ्य संस्था, सुर्खेत र नेपालगन्जमा उपचार गरिँदै छ। केही गम्भीर घाइतेलाई काठमाडौँसमेत ल्याइँदै छ।
दुर्गम पहाडी क्षेत्रमा छरिएका बस्ती, कमजोर घर संरचना, सडक र सञ्चारको समस्यालगायत कारण क्षतिको यकिन विवरण संकलनका साथै उद्धार र राहतमा समेत ढिलाइ भइरहेको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments