रिगलबारे सर्वोच्चको आदेशपछि रविले भने : राष्ट्रपतिको राजीनामा माग्दैनौँ, दिए राम्रै हुन्छ
- कार्तिक १६, २०८० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन्।बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन्।
उनले आफूहरुले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गरे। उनले सरकारले यस त्रुटीबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महशुस गर्नुपर्ने बताए।उनले भने, ‘सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गर्न चाहन्छौँ। सबैभन्दा जोडदार सडकमा पनि, सदनमा पनि, प्रक्रियामा पनि र राष्ट्रपतिलाई अपील पनि गरेको विषय भएको हुनाले हामी यो फैसलाको स्वागत गर्न चाहन्छौँ। महशुस गरिदिए मात्र पनि हामी सन्तुष्ट हुन्छौँ।’
उनले राजीनामा चोक चोकमा मागेर हिँड्ने कुरा नभएको भन्दै राजीनामा दिए राम्रै हुने बताए।‘राजीनामा धेरै परको कुराकानी भयो। राजीनामा चोक–चोकमा मागेर हिँड्ने कुरा होइन। नैतिक रुपमा सरकारले गरेको निर्णय, सर्वोच्चले उल्ट्याएको छ, आम नागरिक, समाजले भनेकै कुरा थियो। हामीले पनि उठाउँदै आएको कुरा थियो’ उनले भने, ‘त्यसकारणले यसलाई मनन मात्रै गरिदिए भनेपनि त्यो राजीनामा भन्दा ठुलो हुन्छ। दिए त हुन्थ्यो नि। हामीबाट गल्ती भएको रहेछ। आगामी दिनमा यस्ता कुरामा याद गर्नुपर्ने रहेछ। विधिको शासन भन्नेकुरा पनि केही हो भन्ने महशुस गरिदिएछन् भने त्यो राजीनामा बराबर हुनेछ।’
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments