•  १६ कार्तिक २०८१, शुक्रबार
  •  12:18:46 PM

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

- आश्विन ८, २०८० मा प्रकाशित



काठमाडाै । नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता भएको छ। सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो।

विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा परियाेजनामा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराउने तयारी छ।

Comments

सम्बन्धित खवर