आज विश्व शान्ति दिवस मनाइँदै
- आश्विन ४, २०८० मा प्रकाशित
आज (बिहीबार) विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ । यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस ः आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ ।
शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ । अहिले अन्तर्राष्ट्रिय कानूनको अभिन्न अङ्गका रूपमा पनि शान्तिको अधिकार स्थापित भएको छ । सेप्टेम्बर २१ लाई विश्व समुदायले ‘अल्जाइमर्स डे’ का रूपमा पनि मनाउँदै आएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments