•  १६ कार्तिक २०८१, शुक्रबार
  •  6:06:04 PM

शिक्षित र सक्षम भनिएका नारीहरुले तिज मार्फत समाजलाई के दिइरहेका छौ ? मैले देखेको तिज

- भाद्र २९, २०८० मा प्रकाशित



तारा भट्टराई
इटहरी । गाँउबेसीमा जब असारे कामको चटारो सकिन्थ्यो ।साउन लागेपछि सुख्खा र फुस्रा खेतबारी र पाखाहरुले हरियो रङ्ग पाउदथे । घर वरिपरिका बारीहरुमा मकै ,काक्रा ,टमाटर ,खुर्सानी र भान्टाहरु फुल्न र फल्न थालेपछि मलाई लाग्थ्यो तिजक‍ो लहर सुरु भयो । जब रेडियोमा तिजका गितहरु केही हप्ता अगाडि देखि बज्न थाल्थे । मन एकदमै हर्षित उमङ्गित र पुल्कित हुन्थ्यो ।भोलिपल्ट साथिहरु माँझमा यो उमङ्गको पोको खुलाउदै कुरा गर्थे ।अब त तिज आउन लागि सक्यो ,यसपालि कस्तो खालको गुनिउ चोलो लगाएर नाच्ने ,कस्को छतमा नाच्ने,कति पैसा उठाउने फलफुल किन्न लाई ,मादल कुन स्कुल बाट माग्ने जस्ता सल्लाह हरु हुन्थ्यो । तिज आउन दुई दिन बाकी रहेपछि , कसैको छतमा गएर तिजको टेडिङ्ग भन्दै कापीमा लेखेर राखेका पुराना गितहरू चार जनाले गाउथे छ जना नाच्थ्यौ ।अनि बसेका ले तालि बजाउथे मादल तिजका दिनमा मात्रै पाईने भएकोले यी दिनमा रित्तो ग्यालेन बजाए पनि पालैपालो नाचिन्थ्यो।

तिजको अघिल्लो दिन बिहे गरेर गएकी दिदी हरु आउनु हुन्थ्यो । सबैको भेटघाट हुदा घरको माहोल यत्तिकै रमाइलो हुन्थ्यो । त्यसमाथि आमाले खुसी खुसी का साथ घिउमा खानेकुरा पकाउनु हुन्थ्यो । पुलाउ,अचार,दही ,राईता अनि दियो बाल्नु हुन्थ्यो । सबै दिदीबहिनी वरिपरि बस्थ्यौ । आमाले अरु दिन भन्दा अझ बिशेष प्रेम सहित खुवाउनु हुन्थ्यो ।खाएपछि दिदी हरु मिठा मिठा गफ गर्दै भोलीको सल्लाह गर्नुहुन्थ्यो ।म कतिखेर यो रात बितेर सुर्य उदाउला र नाँच्न जाउला भन्ने सोचको थकाइले चाडै निदाउथे। भोलिपल्ट तिजको दिन आमाले बिउझाईदिनु हुन्थ्यो । धारामा नुहाएर आएपछि आमाको चोली ,पटुका सारी पोते अनि शिरमा हजारी फुलेको थुङ्गो लगाउथे । ठिक दस बजे फुल अछेता र एक ओम्खोरा पानी बोक्थे । आमाले स्याउ,ओखर,काक्रा उसिनेको आलु हरियो मकै ,पुरी तरकारी ,अचार तिजको नास्ता थालीमा तयार पारिदिनु हुन्थ्यो । घरबाट सबैभन्दा पहिले निस्किन्थे म ।अरु साथिहरु पनि म जस्तै भएर आईसकेका हुन्थे। फराकिलो छत भएको घरमा भेला हुन्थ्यौ । गाउँका आमा,बुवा वृद्धवृद्धा दिदिबहिनीहरु र स साना केटाकेटीहरु अब सुरु हुन्थ्यो कार्यक्रम स्वागत गित बाट गित गाउने दुई जना हुन्थे नाच्ने चार जना अनि उनिहरुले स्वागत गितमा फुल अछेता छर्किन्थे नाच्दै । वरिपरि घेरा लागेर बसेका सबै जना लाई
त्यसपछि पालैपालो नाच्थौ सबै जना दिदी हरुले गित गाउनु हुन्थ्यो ।

माईत जाने भनेतर रातो सारी लुकाए
सासू आईन जाउला सोचे बाख्रा फुकाए
दशै छोरा भएपनि एउटै घरमा अटाउने
म एउटि छोरी लाई डाडो कटाउने

दिदी हरु नाच्दा हामी गाउथ्यौ

बिहानै उठि पानी ल्याउ जादा
हजारी फुलले बाटो छेकेको
तिजका खाजा मिठा भदौरे तामाले
भान्जी लिन आउछु भन्थे हाम्रै मामाले

यसरी पालैपालो नाच्दै गाउदै ताली बजाउदै दिन बिथ्यो । नाचगान सकेपछि लगेको खाजा उपस्थित सबैलाई बाडेर दिईन्थ्यो । अनि फेरि बेलुका घर फर्किदा आमाले खर्कबाट ल्याएको दही गिलास मा तयार पारेर दिनुहुन्थो । यति थियोे मैले देखेको तिज

जब सहर छिरियो चार पाच बर्षा यता त्यसपछि नत त्यस्तो तिज आयो नत आमाको हातको खाना, आयो त केबल सम्झना गाउँ घर साथि सहेँली र ती पल हरुको हिजोआज फेरि २०८०सालको तिज नजिकिएको छ। सहरका छरछिमेकी साथि हरुले दर खान भनेर बोलाए पछि ,तिनचार ठाउँमा पुगेर आए । त्यहाँ त महङ्गा महङ्गा गरगहना,सारी हरु , नाचिरहेका थिए ।त्यो पनि होटेल पार्टी प्यालेसमा अनुहारको मेकअपले परिचित दिदी बहिनी हरु पनि अपरिचित लाग्ने । दरको नाममा पिउने देखि लगेर कहिल्यै नदेखेका खानाका परिकार हरु, र मौलिकता हराएका गित हरुमा उफ्रिरहेका शिक्षित महिला दिदीबहिनी हरु देखे । म अचम्मित परे हैन यो के हो ?

हाम्रो जस्तो अल्पविकसित देशमा अझै पनि दिनहुँ खान नपाएर मर्ने ,आत्मा हत्या गर्ने हरुको संख्याको कमी छैन्। दिनहुँ मजदुरी ,नोकरी गरेर बिहान बेलुका हातमुख जोड्नेको संख्या धेरै छ ।अझ भनौ स्वदेशमा रोजगार नपाएर खाडी मुलुकहरूमा तातो पसिना चुहाएर छोराछोरी को लालनपालन र घर खर्च चलाउने श्रीमान् हरुको संख्या पनि धेरै छ । बर्षमा एउटा सारी फेर्न पनि धौ धौ पर्ने ग्रामीण महिला हरुको संख्या पनि बाक्लो छ। के यो तिज र दर ले त्यो संख्या लाई पनि यसरी नै नचाउला त ,खुसी बनाउला त ?

परम्परा देखि चलि आएको नारीहरुको यस्तो महान चाड तिज,जस्को माध्यम बाट महिला हरुले सामाजिक भेदभाव आफ्ना भोगाइ ,बेदना विद्रोह र अधिकारका कुरा हरुलाई समेत मनोरञ्जनात्मक तरिकाले तिज गितमार्फत घर समाज र देशलाई प्रश्न गर्थें ।परिवर्तन को आवहान गर्थें भने आज हामी शिक्षित र सक्षम भनिएका नारीहरुले तिज र तिजका गित मार्फत समाजलाई के दिइरहेका छौ ?

समाज विकास का लागि परिवर्तन अति आवश्यक छ । तर परिवर्तन भने सकारात्मक हुन जरुरी छ । अझै पनि हाम्रो समाजमा जातीय विभेद भ्रष्टाचार ,गरिबी,हत्या ,हिंसा ,बलात्कार जस्ता जस्ता घटनाहरु घटिरहेका छन् । त्यस्ता अन्याय र अत्याचार बिरुद्ध भरौन शब्द तिज गितमा राखेर गरौन सकारात्मक संकल्प ,बसौ न व्रत । घर परिवार र राष्ट्र कस्तो बनाउने कुन दिशा तर्फ लाने भन्ने कुरा आधा भन्दा बढी आकाश ढाकेका नारी दिदीबहिनी हरुको संस्कृति ,व्यबहार र आचरणले निर्भर गर्दछ । प्राचीनदेखि चलिआएको तीजको प्रतिष्ठा यथावत् बचाउनु शिक्षित महिलाको प्रमुख जिम्मेवारी पनि हो। तसर्थः आधुनिकता र फेसनको नाममा संस्कृतिलाई विकृति नबनाउ ।

Comments

सम्बन्धित खवर