•  १६ कार्तिक २०८१, शुक्रबार
  •  10:18:17 PM

बाँकेमा भ्रमणको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३४ जना घाइते

- भाद्र २३, २०८० मा प्रकाशित



बाँके । बाँकेमा गएराति सामुदायिक वनका उपभोक्ता सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्। बाँकेको राप्ति सोनारी गाउँपालिका ८ शमशेरगन्जस्थित जंगलमा गएराति करिब साढे ९ बजे रोकिराखेको ना ८ ख ६४०५ ट्रकसँग तीव्र गतिमा रहेको ना ७ ख २३२१ नम्बरको भ्रमणको बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बसमा ४१ जना सबार थिए।

बर्दियाको ठाकुरबाबा नगरपालिका ९ को बेतनी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए।‘वन उपभोक्ता समूहका पदाधिकारी र उपभोक्ताले भ्रमणको लागि रिसर्ज गरेको बस दुर्घटनामा परेको हो,’ डीएसपी डाँगीले शनिबार बिहान भने, ‘दाङको थारु संग्रहालय भ्रमण गरेर फर्किने क्रममा राति करिब साढे ९ बजे बिग्रिएर सडक किनारमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा दुर्घटना भएको हो।’

दुर्घटनामा ठाकुरबाबा नगरपालि ८ घर भएका बस चालक ४५ वर्षीय जोग बहादुर चन्द, बर्दियाको ठाकुरबाबा नगरपालिका ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु र ७० वर्षीय चानुराम थारुको मृत्यु भएको छ। डीएसपी डाँगीका अनुसार नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि दुर्घटनामा मृत्यु भएको छ। घाइते चारजनाको नर्सिहोम नेपालगञ्ज र बाँकी सबै घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

Comments

सम्बन्धित खवर