सर्लाहीमा महिलाको कान काटेर दिउँसै लुटियो सुनकाे गहना
- भाद्र २१, २०८० मा प्रकाशित
सर्लाही । सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिनाको कान काटेर सुनका गहना लुटिएको छ। भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घायते बनाएपछि सुन लुटेर लगेका प्रहरीले जनाएको छ।
‘घर नजिकै सार्वजनिक चौरमा एक्लै घाँस काटिरहँदा उहाँमाथि आक्रमण गरेर दुबै कानका झण्डै आधा तोला सुन लुटिएको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्तासमेत रहेका डीएसपी कैलाश राईले भने, ‘लुटेरासँग प्रतिकार गर्दा उहाँ घाइतेसमेत हुनु भएको छ। हाल उहाँको वीरगञ्जमा उपचार भइरहेको छ।’
लुटेराको प्रतिकार गर्दा सुमित्रादेवीको कान काटेर लुटेराले सुन लुटेका हुन्। त्यसक्रममा टाउकोमासमेत गहिरो चोट लागेको डीएसपी पञ्जियारले जानकारी दिए। लुटेरा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। ‘लुटेरा स्थानीय नै भएको आशंका छ,’ डीएसपी राईले भने, ‘हामी उसको खोजी गरिरहेका छौँ। ऊ चाँडै पक्राउ पर्छ।’
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments