•  १६ कार्तिक २०८१, शुक्रबार
  •  12:03:32 AM

६० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ, समातिनेको संख्या २७ पुग्यो

- भाद्र १८, २०८० मा प्रकाशित



काठमाडौँ । हङकङबाट नेपालमा गरिएको ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ । ६० किलो सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । सुरुमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई साउन २१ गते बुझाएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डीएसपी धर्म भण्डारीलाई भारत पठाएको छ ।

Comments

सम्बन्धित खवर