कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै : सांसद ‘गयल’ गराएर सरकार ढाल्ने विपक्षीकाे रणनीति
- भाद्र ४, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) विश्वासको मत लिने भएका छन् । साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।
विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल र संकट देखिएको छ । साउन १६ गते सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । त्यसपछि गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
कोशी प्रदेशसभामा नेकपा (एमाले) का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (.राप्रपा)का ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् । सभाध्यक्षमण्डलमा एमालेकी मालती लिम्बू, राप्रपाका अमरबहादुर विष्ट, माओवादीकी गीता तिम्सिना र कांग्रेसका इसराइल मन्सुरी छन् । यसैबीच, आजको बैठकमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश सभाका ज्येष्ठ सदस्यहरू अनुपस्थित हुने भएका छन् ।
सभामुख गौतमले राजीनामा दिएर सरकार गठनमा सहयोग गरेका कारण उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने हो तर उपसभामुख सिर्जना दनुवार पनि सभामा अनुपस्थित हुने सम्भावना देखिएको छ । उपसभामुख अनुपस्थित भए ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्ने व्यवस्था भए पनि एमाले र राप्रपाका आठ जना सदस्य बिदामा बसेका छन् । अब सत्ता पक्षकै सांसदले सभाको अध्यक्षता गर्नुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा प्रदेश सरकारले विश्वासको मत पाउँदैन ।
सभाध्यक्ष मण्डलकै अर्का सदस्य राप्रपाका अमरबहादुर विष्टले पनि आफूलाई ‘केहीअघि डेंगी लागेको र अहिले घरमै आराम गरिरहेको’ भन्दै सोमबारको बैठकमा अनुपस्थित रहने बताएका छन् । उपसभामुख अनुपस्थित भए सभाध्यक्षमण्डलले बैठक सञ्चालन गर्नुपर्ने अवस्था आउने गठबन्धनका एक सांसदले बताए ।
विश्वासको मत पाउन ४७ सांसदले पक्षमा मतदान गर्नुपर्छ तर प्रदेशसभाको अध्यक्षता सत्ता पक्षले गर्ने हो भने ४६ जनाको मात्रै पक्षमा मतदान हुनेछ । ४६ सांसदले पक्षमा मतदान गरे पनि सरकारले विश्वासको मत पाउँदैन । सरकारले विश्वासको मत नपाए ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउने मौका अवसर पाउने छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
Comments